सुनको मूल्य घट्यो

काठमाडौँ, माघ ६-

नेपाली बजारमा आज (आइतबार) साताको पहिलो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।

जसअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

सेयर गर्नुहोस्