काठमाडौँ, माघ १०-
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार)को तुलनामा आज छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।
जसअनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो ।