भरतपुर,
इनरव्हील क्लब अफ नारायणी इनरव्हील डिस्ट्रिक्ट ३५० को आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली. भरतपुरको प्राबिधीक सहयोगमा भरतपुर-४ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
भरतपुर ४ मा रहेको दुर्गा भगवती मन्दिर लंकु-त्रिचोकमा उक्त शिबिर सम्पन्न भएको हो । सो क्रममा सर्बसाधारण जनताहरुलाई नि:शुल्क प्रेशर , सुगर परिक्षण , तथा सचेतना कार्यक्रम गरिएको छ । शिबिरमा आएका स्थानीयलाई बरिष्ठ फिजीसीयन डा. भोजराज अधिकारीले सेवा प्रदान गरेका छन । शिबिरमा ८० जनाको स्वास्थ्य परीक्षण गरिएको पुष्पान्जली अस्पतालका ल्याब प्रमुख मिलन सुबेदीले जानकारी दिए ।
शिबिर अघि भएको औपचारिक कार्यक्रमको सभापतीत्व क्लबकी अध्यक्ष संगीता अर्यालले गरेकी थिइन ।