शहीद परिवारको घरमा पुगे प्रचण्ड

काठमाडौँ, माघ ११-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शहीद परिवारमा पुगेर खाना खाएका छन्।

शुक्रबार अध्यक्ष दाहालसहितका नेताहरुले दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा पुगेर खाना खाएका हुन्। दाहालसहितका नेताहरुले चौधरीको घरमा थारु समुदायको परिकारसहित खाना खाएका छन्।

जनयुद्धकालमा चौधरीको परिवारले छ जना सदस्य गुमाएको थियो।

सेयर गर्नुहोस्