काठमाडौँ ।
ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो निभाउन स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका छन् । हिजो साँझदेखि सुरु भएको डढेलो निभाउनका लागि शुक्रवार बिहान नेपाल आर्मीसहित सशस्त्र प्रहरी र स्थानीय जुटेका हुन् ।
उनीहरूले आगो नियन्त्रणमा लिए पनि दिउँसो फेरि सुरु भएको थियो । सालका रूख भएको विष्ट छाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरु भएको स्थानीयले जानकारी दिए ।