कांग्रेस-एमालेको सरकार आगामी चुनावसम्म कायम रहेमा माओवादीलाई फाइदा हुन्छः प्रचण्ड

दाङ,माघ १२-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जनताका पीररमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरूको धारणा सकारात्मक रहेको बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए । जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौं,उनले भने ।

सत्तारुढ राजनीतिक दलहरूमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्याएर अगाडि बढ्ने उनले जोड दिए । साथै उनले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताए ।

सेयर गर्नुहोस्