ओलीले भारतीय नाकाबन्दीलाई असफल बनाएकै कारण अहिले एमालेमाथि प्रहार हुँदैछः शंकर पोखरेल

काठमाडौं, माघ १२-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले गरेको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएपछि अहिले एमालेमाथि प्रहार भइरहेको दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बाताएका हुन् ।नेपालमा संविधानसभाबाट संविधान बनाउन नदिन अनेक खेल भएको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘संविधान बन्न नदिन अनेक प्रपञ्च गरियो । संविधान जारी भएपछि नाकाबन्दी लगाइयो । त्यतिबेला सरकारमा भएका दलहरुले नाकाबन्दी पनि भन्न सकेनन् । सिमानाको अवरोध भन्न थाले, तर ओलीले प्रधानमन्त्री भए पनि यो नाकाबन्दी नै हो भन्नुभयो ।

जनताको साथमा दह्रो अडान लिएर असफल पार्नुभयो । त्यसैले अहिले हामीमाथि भएको प्रहार नाकाबन्दी असफल बनाउनुको कारणले पनि हो भन्ने बुझ्नुपर्छ।’

 

सेयर गर्नुहोस्