सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

काठमाडौं

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफलमा जुटेका छन् ।

संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान भएपछि सभामुख घिमिरेले अधिवेशनको तयारी सन्दर्भमा दलका सचेतकहरूसँग छलफल थालेका हुन्।

अहिले सिंहदरबारमा सत्तापक्षका प्रमुख तथा मुख्य सचेतकसँग सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।यस्तै, आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्ष दलका प्रमुख सचेतकसँग छलफल गर्ने तयारी रहेको छ ।

सेयर गर्नुहोस्