काठमाडौं
ठमेलस्थित एक होटलमा एक युवतीको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका- २६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसमा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो।सोही होटलमा बस्दै आएकी उनको २०२ नम्बरको कोठामा शव फेला परेको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन्।
‘शव फेला गरेको छ। पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ। थप अनुसन्धान भइरहेको छ’ देशसञ्चारसँग उनले भनिन्।