‘कमाउ धन्दा’मा प्रहरी, टिप्परबाट स्थानीय बासिन्दा आतंकित

काठमाडौँ 

उपत्यकाको उत्तरपूर्व क्षेत्रमा प्रहरीकै संरक्षणमा टिप्परले प्रहरीको मिलेमतोमा ढुवानी मापदण्डविपरीत निर्माण सामाग्री ओसारपसार गर्दै आएका छन्।

काठमाडौँ – उपत्यकाको उत्तरपूर्व क्षेत्रमा प्रहरीकै संरक्षणमा टिप्परले प्रहरीको मिलेमतोमा ढुवानी मापदण्डविपरीत निर्माण सामाग्री ओसारपसार गर्दै आएका छन्।इन्द्रावती र त्यस आसपासका नदीबाट दैनिक सयौँ टिप्परले साँखु फट्केश्वर सडक हुँदै अवैध रुपमा निर्माण सामाग्री ढुवानी गरेका हुन्।

मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ अनुसार निर्माण सामाग्रीको ढुवानी गर्दा क्षमताभन्दा बढी, पानी चुहाउँदै बोक्न नपाइने व्यवस्था छ। तर टिप्पर चालकहरूले नाङ्लेभारेस्थित प्रहरी चौकी, साँखु प्रभावका प्रहरी र ट्राफिकलाई ‘नियमित पैसा खुवाएर’ अधिकार भार र चिसो बालुवा, ढुंगा, गिटी बोक्न छुट पाएका छन्।

टिप्पर चालकहरूले क्षमता भन्दा बढी र चिसो बालुवा बोक्न दिए बापत प्रहरी र ट्राफिकलाई मासिक रुपमा र ट्रिपका आधारमा दुई किसिमले पैसा बुझाउने गरेको एक चालकले नाम नखुलाउने शर्तमा देश सञ्चारसँग बताए। ती चालकले भने, ‘हामीले उहाँहरूलाई नियमत किसिमले पैसा बुझाउँछौँ। त्यहीँअनुसार बढी बोक्न पनि पाएका छौँ।’

मापदण्ड विपरीत निर्माण सामाग्रीको ढुवानी रोक्न प्रहरी र टिप्पर व्यवसायीको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको स्थानीय विजय ढकालले गुनासो गरे। उनले भने, ‘टिप्परले चुली लगाएर पानी चुहाउँदै बोक्ने गरेका छन्। त्यसलाई रोकिदिन पटक पटक आग्रह गरे पनि सुनुवाइ भएन।’ उक्त बाटो हुँदै दैनिक दुई सयभन्दा बढी टिप्परले इन्द्रवतीबाट निर्माण सामाग्रीको ढुवानी गर्ने गर्छन्।

नाङ्ले प्रहरी चौकीको इन्चार्जका रुपमा सइ साजन केसी गएपछि टिप्पर चालक र प्रहरीको मिलोमतो अझ बढेको स्थानीयबासी बताउँछन्।

सेयर गर्नुहोस्