नयाँ दिल्ली, माघ २७-
भारतको केन्द्रीय बैङ्क भारतीय रिजर्भ बैङ्क (आरबीआई) ले शुक्रवार रेपो दर २५ आधार बिन्दुले घटाएर ६.२५ प्रतिशतमा पुर्याएको घोषणा गरेको छ ।
रेपो दर भनेको कोषको अभाव भएको अवस्थामा केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूलाई पैसा दिने दर हो । अर्थतन्त्रलाई बढवा दिन यो कदम चालिएको हो ।
आरबीआई मौद्रिक नीति समितिले अन्तिम पटक मे २०२० मा रेपो दर घटाएको थियो र पछिल्ला ११ नीतिगत बैठकहरूमा यसलाई अपरिवर्तित राखेको थियो ।