सभामुखले बोल्न नदिएको भन्दै संसदबाट बाहिरिइन् सुमना

बोल्न माग गर्दा सभामुख देवराज घिमिरेले समय उपलब्ध नगराएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छिन्।

प्रतिनिधि सभा बैठक अहिले शून्य समय चलिरहेको छ।

सांसद श्रेष्ठले आकस्मिक समयमा बोल्न सभामुख घिमिरेसँग माग गरेकी थिइन्। सभामुखले सांसद श्रेष्ठले नाम नटिपाएको भन्दै समय उपलब्ध गराएनन्।

त्यसपछि उनी सांसद बैठक छाडेर बाहिरिएकी थिइन्।रास्वपाकी सचेतक निशा डाँगीले संसदमा सांसदहरू आफ्न धारणा राख्न आउने र त्यसैका लागि समय नपाएपछि बैठकमा रहनु, नरहनुको अर्थ नहुने बताइन्।

सेयर गर्नुहोस्