एमिलमा पाँचौं उपत्यका व्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न

काठमाडौँ फागुन २४
काठमाडौँको शान्तिनगरमा अवस्थित एमिल एकेडेमी इन्टरनेसनलमा पाँचौं उपत्यका व्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। उद्घाटन समारोह र समापन समारोह गरी दुई चरणमा सम्पन्न एक दिने कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले खेलकुदका सामग्री हस्तान्तरण गरी कार्यक्रम सुरु गर्नुभएको थियो।

 

बिहान ७ बजेबाट सुरु गरिएको प्रतियोगितामा २७५ प्रतिस्पर्धी खेलाडीहरुले विभिन्न उमेर र केजी समूहमा प्रतिस्पर्धा गरेका थिए । संघीय संसदका सांसद माननीय रामहरी खतिवडाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा बोल्दै खतिवडाले एमिल तेक्वान्दो डोजाङका संयोजक तथा प्रशिक्षक विश्वराज राईको खेलप्रतिको लगावलाई खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले एमिल डोजाङलाई आफूले पनि सक्दो सहयोग गर्ने कुरा बताउनुभयो ।

प्रतियोगितामा यान्सुव तेक्वान्दो डोजाङग प्रथम ढलको तेक्वान्दो डोजाङ द्वितीय र एमिल तेक्वान्दो डोजाङ तृतिय भएका थिए।एमिल तेक्वान्दो डोजाङ्गका अध्यक्ष दीपक कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन डोजाङका प्रशिक्षक विश्वराज राईले गर्नुभएको थियो ।

सेयर गर्नुहोस्