चैत्र २०, काठमाडौ
शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन । महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार आजको र्यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी भएका थिए।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू काठमाडौ आइपुगेका छन् ।
शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन । महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार आजको र्यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी भएका थिए ।
विगतको सहमति अनुसार ऐन जारी भए तत्काल आन्दोलन छोडेर घर फर्किने शिक्षकहरुले बताएका छन। । ‘सरकारसँग सौदाबाजी छैन । विगतको सहमति अनुसर विद्यालय शिक्षक विद्यार्थी कर्मचारी मैत्री अग्रगामी ऐन तत्काल जारि गरियोस् भन्ने एक सित्रीय माग हो,’ शिक्षक नेताहरुले बताए।
शिक्षा विधेयक संसदमा दर्ता भएपछि २०८० असोज ३ मा शिक्षकहरू सडक आन्दोलनमा आएका थिए । तीन दिनको आन्दोलनपछि सरकारसँग महासंघसहित अन्य संघसंगठनबीच असोज ५ मा ६ बुँदे सम्झौता भएको थियो । सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका छन् ।
तर हिउँदे अधिवेशन अन्त्य भएको छ ।हाल विधेयक संसदको शिक्षा समितिमा छलफलको क्रममा छ । वर्खे अधिवेशनमा संसदमा पेस गर्ने गरि समितिले उपसमिति बनाएर काम गरिरहेको छ । शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन ।
काठमाडौको विभिन्न क्षेत्रबाट माइतीघरमा जम्मा भएको उलुस बानेश्वर पुगेर पुन माइतीघर फर्किएर सडकमा सभा गरि विभिन्न शिक्षक नेताहरूले सम्बोधन गरेर भोलि यसैगरी कार्यक्रम गर्ने जनाउदै आजको सभा अन्त्य भएको थियो