रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

कार्यवाहक महासचिव कवीन्द्र बुर्लाकोटी, पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलगायत रास्वपाका नेता बुधबार आयोगको कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।

“राज्य संयन्त्रले गरेको यो कदम अर्को नागरिकलाई कहिल्यै नहोस्, हामी त्यो कामना गर्छौं । र, देशमा मानव अधिकारको पूर्ण प्रत्याभूति हुन सकोस्,” कार्यवाहक महासचिव बुर्लाकोटीले भने, “यही विषयमा हामीले हाम्रो सभापति रवि लामिछानेविरुद्ध मानव अधिकार हननको क्रमबारे राष्ट्रिय मानव अधिकार आयोगबाट छानबिन भई आवश्यक कारबाही होस् भनेर आयोगमा विनेदन पेस गरेका छौँ ।”

सहकारी ठगी प्रकरणमा चैत २२ गते रविलाई बूढानीलकण्ठस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

सेयर गर्नुहोस्