चितवन–
भारतबाट चितवन ल्याउदै गरेको ७० बोरा युरिया मल नेकपा बहुमतले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । बहुमतले रत्ननगर नगरपालिका वडा नम्बर १४ बाट यो परिमाणको मल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । स्थानीयहरुको बिशेष सूचनाका आधारमा पार्टीका जिल्ला सेक्रेटरी राम सेढाइ नेतृत्वको समूहले मल नियन्त्रणमा लिइएको हो ।
मल बोकेर आएको बा २० च १७८१ नम्बरको बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरको जिम्मा लगाइएको छ । मल अबैध तरिकाले नेपाल ल्याइएको नेकपा बहुमतले दाबी गरेको छ ।
स्थानीयहरुको सकृयतामा प्रहरीलाई जिम्मा लगाइएको मल बैध वा अबैध के हो ? भन्ने बिषयमा थप अनुसन्धान भइरहेको इप्रका टाँडीले जनाएको छ ।