लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

चितवन–
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चितवनको सचिवमा रामप्रसाद ढकाल निर्वाचित भएका छन । उमेरले मात्रै २४ टेकेका उनी लोसपाको जिल्ला सचिवमा सर्बसम्मत निर्वाचित भएका हुन ।

चितवनको पर्यटकीय नगरी सौराहामा सम्पन्न जिल्ला भेलाबाट अध्यक्षमा किशोर मण्डल चयन भएका छन । त्यस्तै उपाध्यक्षमा राधा पराजुली, सहसचिवमा सूर्यबहादुर भुजेल, ओमप्रसाद सिम्खडा र कोषाध्यक्षमा राजु भुजेल चयन भएका नवनिर्वाचित सचिब ढकालले जानकारी दिए ।

जिल्ला भेला लोसपाका केन्द्रिय सदस्य सुजनबाबु भट्टराई र हुमकला शर्माको बिशेष उपस्थितीमा सम्पन्न भएको हो । दुबैजना केन्द्रिय सदस्यले नवनिर्वाचित कमिटिलाई बधाई दिदै सशक्त भएर काम गर्न निर्देशन दिएका छन ।

सेयर गर्नुहोस्