काठमाडौ , जेष्ठ १७
नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्ला समितिको आयोजनामा राष्ट्रिय शिक्षक दिवस तथा शैक्षिक सम्मान कार्यक्रम २०८२ सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ललितपुर जिल्ला समितीका अध्यक्ष श्री देवी प्रसाद दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रमा राष्ट्रिय समितिका उपाध्यक्ष श्री कमला थापा प्रमुख अतिथी रहनुभएको थियो।

दुइ सय भन्द बढी शिक्षकलाई सम्मान गरिएको उक्त कार्यक्रममा २५ वर्ष सेवा अवधि पुगेका दीर्घसेवी शिक्षक, विभिन्न मापदण्डमा बढुवा भएका शिक्षक तथा विभिन्न तहका नवप्रवेसी शिक्षकहरूलाइ खादा,माला तथा प्रमाणपत्र दिएर सम्मान गरिएको थियो। कार्यक्रमा CNT राष्ट्रिय समिति सदस्य रमा परियार तथा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य श्री सुरेन्द्रकुमार घिमिरेको उपस्थिति रहेको थियो । साथै शिक्षा विकास तथा समन्वय ईकाइ ललितपुरका प्रमुख प्रकाश सापकोटा, शिक्षा महाशाखा प्रमुख ललितपुर महानगर श्री देवी प्रसाद उपाध्याय , शिक्षा निर्देशक महालक्ष्मी नगरपालिका प्रमुख श्री चिरन्जीवि पौडेल लगायतका विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। ललितपुर जिल्ला भरिका शिक्षकहको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमला थापाले ललितपुर जिल्ला संगठन लाइ खुलेर प्रशंसा गर्नुभयो ।

उहाँले शिक्षक हक हितका लागी फेरी पनि शिक्षकहरु आन्दोलन गर्न तयार हुनुपर्ने कुरा बताउनुभयो । कार्यक्रमको समापन गर्दै अध्यक्ष देवी प्रसाद दुलालले शिक्षकहरु आफ्नो पेशामा कटिवद्ध हुनुपर्छ तर आफ्नो अधिकार लिनवाट कहिल्यै पछी नहट्ने कुरा बताउनु भयो। हरेक वर्ष चैत्र २९ मा आयोजना गरिने कार्यक्रम यसपटक शैक्षिक आन्दोलका कारण जेष्ठ १७ मा आयोजना गरिएको थियो ।







