असार ६ , काठमाडौँ
नेकपा ( एमाले ) पाँचथर काठमाण्डौ सम्पर्क मञ्चले जिल्लाको पालिका स्थरिय रनिङ्ग सिल्ड फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। काठमण्डौंको धुम्बाराईमा अवस्थित धनन्तरी फुटसलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री डम्मरसिंह सम्वाहाम्फे प्रमुख अतिथि हुनुहुन्थ्यो भने समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्यय कमिटि इन्चार्ज लालवावु पण्डीत हुनुहुन्थ्यो । पाँचथर जिल्लाका आठवटा पालिकावाट दुइ दुइ वटाका दरले १६ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा यङवरकको “वि ” टिम प्रथम भएको थियो । यसैगरी फाल्गुनन्द “ए” दोस्रो भएको थियो भने यङ्वरक “ए” र फालेलुङ “वि ” टिमले सहमतिमा तेस्रो उपाधि जितेका थिए । प्रथम टिमलाई नगद १५ हजार , द्धितिय टिमलाई नगद १२ हजार र त्रितिय टिमलाई नगद १० हजार लगायत मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।
भव्य र सभ्य रूपमा सम्पन्न उक्त फुटसल प्रतियोगितामा नेकपा (एमाले) केन्द्रिय कमिटि सदस्य इन्द्र भण्डारी , सम्पर्क समन्यय कमिटि संयोजक श्याम बस्नेत, पार्टी केन्द्रिय निर्वाचन आयोगका सदस्य कृष्ण आङ्देम्बे, सम्पर्क समन्यय कमिटी सदस्य कपिलदेव ओली, सम्पर्क समन्यय कमिटि सदस्य सुन्दरमणि सुबेदी , कोशी प्रदेश सम्पर्क कमिटिका उपसचिव शान्तिराम न्यौपाने, लगायतको उपस्थिती रहेको थियो।
पुरस्कार बितरण कार्यक्रममा बोल्दै पुर्व मंत्री लालबाबु पण्डितले युवा लक्षित यस्तो कार्यक्रम आयोजना गरेकोमा पाँचथर काठमाडौँ सम्पर्क मंचको खुलेर प्रसंसा गर्नुभयो। विहान ११ वजेवाट सुरु गरिको कार्यक्रम अत्यन्तै व्यवस्थित र विवादरहित साँझ ७ बजे सम्पन्न भएको थियो। उत्साहजनक रुपमा युवा सहभागिताका साथ कार्यक्रम सम्पन्न भएकोमा मञ्चका अध्यक्ष दिनेश खतिवडाले सबै अतिथिगण , सहयोगी ,सुभचिन्तक, मंचका पदाधिकारी , सदस्य लगायत खेलाडीहरुमा धन्यवाद प्रकट गर्नुभएको थियो।
कार्यक्रममा यङ्वरकका खेलाडि सन्देश योङ्हाङ्ग लाइ उत्कृष्ट खेलाडी घोषित गरिको थियो भने यङ्वरककै प्रताप माबोले उत्कृष्ठ गोलकियरको उपाधि हात पारेका थिए। सर्वाधिक गोलकर्ताको उपाधि भने फाल्गुनन्दका लावत चेम्जोङ्गले आफ्नो पोल्टोमा पारेका थिए।