महानगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न

२१ भदौ, काठमाडौ

नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले महानगर स्थरिय आधारभूत तहको हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

ललितपुर महानगरका शिक्षा महाशाखा निर्देशक देवी प्रसाद उपाध्यायको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा हाजिर जवाफ तर्फ ब्राइट फ्युचर मा. वि.प्रथम भएको थियो। यसै गरि क्रमश आदर्श सौल युवक मा. वि. र वाल बिनोद मा वि द्धितिय र तृतिय भएका थिए।


चित्रकला तर्फ पनि ब्राइट्फ़्युचर मा. वि. प्रथम भएको थियो भने द्धितिय र तृतिय क्रमश रिजेन्ट मा. वि. र ओमेगा मा. वि.भएका थिए। कार्यक्रममा महानगरका ३० वटा भन्दा बढि विद्यालयले भाग थिए। कार्यक्रममा पुरस्कार वितरण गर्दै ललितपुर महानगरका शिक्षा महाशाखा निर्देशक उपाध्यायले विधार्थीहरुमा कितावी ज्ञान प्रतिको चासो हराउदै गैकोमा गुनासो ब्याक्त गरे। उनले यस्ता कार्यक्रमले विधार्थीहरुको बौद्धिक क्षमता वृद्धि हुने कुरा बताए।


बिहान १० बजेबाट सुरु भएको कार्यक्रममा ललितपुर जिल्लाका संगठन अध्यक्ष देवी प्रसाद दुलाल, संगठनका राष्ट्रिय पुर्व सदस्य सुरेन्द्र कुमार घिमिरे , वागमती प्रदेश सचिवालय सदस्य तथा शिक्षक हित सहकारीका अध्यक्ष शुक्र थापा लगायत जिल्ला भरिका शिक्षकहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता संगठनका महानगर अध्यक्ष आनन्द ढुंगानाले गर्नुभएको थियो।

सेयर गर्नुहोस्