जेन–जी प्रदर्शनको क्रममा भएको आगलागीबाट सेवा अवरुद्ध भएको भायानेटले पुनः सेवा सामान्यस्तरमा फर्काएको छ । भायानेटले इन्टरनेटसंगै टिभी सेवा सामान्य अवस्थामा फर्काउन सफल भएको हो ।
सेवा अझै पूर्ण क्षमतामा नभएपनि अधिकांश ग्राहकहरूका लागि सेवा उपलब्ध गराइएको भायानेटले प्रेस विज्ञप्ती जारी गरेर भनेको छ । बाँकी सर्भरहरू अर्को डाटा सेन्टरमा सार्ने काम सकिएपछि आइतबारदेखि पूर्ण रूपमा सामान्य हुने भायानेटले अपेक्षा छ। अहिले मर्मतकै काम चलिरहेकाले इन्टरनेट केही स्लो हुन सक्ने भन्दै धैर्य रहन भायानेटले आग्रह गरेको छ ।
कमचारीहरुले दिनरात मेहनत गरेर अधिकांश फाइबरको समस्या समाधान गरिएको भायानेटले जनाएको छ । यस घटनापछि ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि भायानेटले धन्यवाद ज्ञापन गरेको छ । साथै विश्वसनीय र गुणस्तरीय सेवा दिन भायानेट प्रतिबद्ध रहेको उल्लेख गरेको छ।