भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदर्शनपछि नेपालका युवाहरूले सडक सफा र रंगरोगन गर्न गरिरहेको मिहिनेतको प्रशंसा गरेका छन्।
भारतको मणिपुरस्थित इम्फालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले हालै नेपालमा युवाहरूले देखाएको नागरिक चेतना र सकारात्मक सक्रियताको बारेमा बोलेका हुन्।
‘पछिल्ला केही दिनदेखि नेपालका युवा-युवतीहरूले सडक सफा गर्न र रंगरोगन गर्न मिहिनेत गरिरहेको देखिन्छ,’ प्रधानमन्त्री मोदीले भने, ‘मैले सामाजिक सञ्जालमा उहाँहरूको तस्बिर पनि देखेको छु।’
उनले नेपाली युवाहरूको यो कदम प्रेरणादायी भएको बताए। ‘उहाँहरूको सकारात्मक सोच र सकारात्मक कार्य प्रेरणादायी मात्र होइन, नेपालको नयाँ उदयको स्पष्ट संकेत पनि हो,‘ मोदीले भने, ‘म नेपालको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।’