फिल्म हलहरु आजदेखि खुल्ने

देशभरका चलचित्र भवन आजदेखि खुल्ने भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका चलचित्र भवन आजदेखि खुल्ने भएको हो ।

आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन आजदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए ।

सेयर गर्नुहोस्