धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते भएका छन् । धादिङको थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका हुन्।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपरआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय दादिङले जनाएको छ।

सामान्य घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते कंञ्चन गाउँपालिका ४ बस्ने वर्ष ६० की आईत बाहारी थारुलाई थप उपचारका लािग ट्रमासेन्टर काठमाडौँ ल्याइएको छ।

सेयर गर्नुहोस्