उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। उदयपुरको त्रियुगामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको हो।
त्रियुगा नगरपालिका-६ स्थित चुरे जंगलको गेरुवा खोलामा माटो खनिरहेकी २४ वर्षीया रमिला राईको माथिबाट खसेको ढिस्कोले पुरिएर आज घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार माटो खन्ने क्रममा एक्कासी माथिबाट खसेको ढिस्कोले उनलाई पुरेको थियो।