राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नख्खु कारागारबाट पटकपटक फोन आएपछि सभापति रवि लामिछानेलाई जिम्मा लिएको प्रष्टीकरण दिएको छ ।
सभापति लामिछानेलाई पार्टी सभापति रवि लामिछाने २४ भदौमा निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ ।
मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले जिम्मा लिन भनेपछि सभापति लामिछाने बाहिर निस्किएको बताइन् ।
‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटकपटक दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको अवस्था हो,’ उनले स्पष्ट पार्दै भनिन् । लामिछाने पार्टीका नेताहरुको साथमा लागेर कारागारबाट बाहिरिएपछि लामिछानेको चौतर्फी आलोजना भइरहेको छ ।