जुवातास खेलिरहेको अवस्थामा नगद सहित चार जना पक्राउ

विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेश सहित चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

नगद ८५ हजार ९ सय ८५ रुपैयाँ र १ बुक तास सहित उनीहरूले प्रयोग गरेको मोटरसाइकल ३ थान समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्