नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा आज जारि छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमा छलफल हुँदैछ ।
त्यसैगरि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरू र बाँकी पदाधिकारीले धारणा राख्ने क्रम जारी रहेको छ। उनीहरूले अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाएका थिए ।
बिहीबार नै विभिन्न १० वटा समूह बनाएर छलफल गरिएको थियो । आज१० वटा समूहका टोली नेताहरूले धारणा राख्दैछन् । टोली नेताहरूको सुझावपछि प्रचण्डले जवाफ दिने कार्यक्रम छ । प्रचण्डले जवाफ दिएपछि बैठक शुक्रबार नै सक्ने तयारी गरिएको छ ।