१४ जना यात्रु सवार रहेको ईभी गाडी दुर्घटना हुदाँ ३ जना यात्रु गम्भीर घाइते

बुटवलबाट गुल्मीको मुसीकोटतर्फ जाँदै गरेको १४ जना यात्रु सवार रहेको ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ।

पाल्पा प्रहरीका अनुसार सडकबाट ५० मिटर तल गाडी खस्दा ३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रिडी लगिएको छ।

दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

सेयर गर्नुहोस्