सडकमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको उपचारको क्रममा मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई चिकित्सकले ८: ४० बजे मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार आइतबार राति करिब ८:३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई अस्पताल पुर्‍याइएको थियो । अन्दाजी ३०–३५ वर्ष उमेरका ती व्यक्तिको नाम, थर र ठेगाना खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई चिन्ने हुनेहरूले प्रहरी कन्ट्रोलको १०० नम्बर वा परिसरको मोबाइल नम्बर ९८५१२८३०१२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्