राष्ट्रपति पौडेलले कात्तिक तेस्रो साता कतारको भ्रमण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेल कतारको भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेलले कात्तिक तेस्रो साता कतारको भ्रमणमा जाने भएका हुन् ।

उनको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले सुरु गरेको छ । “कतारका अमिर शेख तमिम बिन हमद अल थानीले राष्ट्रपतिलाई कतार भ्रमणको निम्तो पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “राष्ट्रपतिको कतार भ्रमणको प्रारम्भिक तयारी सुरु भएको छ ।”

कतारका अमिरले आउँदो कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने संयुक्त राष्ट्रसंघको ‘सामाजिक विकासका लागि दोस्रो शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेललाई निम्तो पठाएका हुन् ।

सेयर गर्नुहोस्