हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ११ बजे चंखेली गाउँपालिका(६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप सडकबाट ३ सय मिटर तल खसेको हुम्ला जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा चंखेली गाउँपालिका(६ का वसन्ती बुढा, उनका छोरा र सोही वडाका मानवीर बुढाको मृत्यु भएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलेजानकारी दिइन्। शाहीका अनुसार कैलाश सिरा, बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, पार्वती बुढा र विमला बुढा घाइते भएका छन्।
हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले दुर्घटनमा परेको जिपमा १२ जना यात्रु रहेको खुलेको छ ।
गम्भीर घाइते पाँच जनालाई सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरमा हालेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पठाउन लागिएको उनले बताए। अन्य घाइतेहरूको उपचार भने स्थानीय प्रथामिक स्वास्थ्यचौकीमा भइरहेको बताइएको छ।