धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,६ जना घाइते

धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको भएको छ ।

बसमा ३० जना सवार थिए । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्