कुशल भुर्तेलले खोले आधिकारिक फेसबुक पेज, एक घण्टामै बढे १४ हजार फलोअर्स

ओमानमा सम्पन्न टी–२० विश्वकप एशिया छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका अलराउण्डर कुशल भुर्तेलले आजबाट आधिकारिक रुपमा फेसबुक पेज खोलेका छन् ।

अहिलेसम्म सामाजिक संजालमा फेसबुकमा नजोडिएका भुर्तेलले फेसबुक पेज खोलेको एक घण्टामै १४ हजार फलोअर्स पाएका छन् ।

भुर्तेलले पेज खोलेपछि पूर्व कप्तान तथा नेपाली टोलीका मूख्य स्पिनर सन्दीप लामिछाने पेज सेयर गर्दै फलो गर्न समर्थकहरुलाई आग्रह समेत गरेका छन् । नेपाली क्रिकेटरमा सबैभन्दा धेरै फलोअर्स भएको खेलाडीमा सन्दीप पर्छन् । सन्दीपको फेसबुक पेजमा ११ लाख फलोअर्स रहेको छ ।

सेयर गर्नुहोस्