केरा र अनारको मूल्य बढ्यो

२१ कात्तिक, काठमाडौं । स्थानीय बजारमा केरा र अनारको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार यी दुई फलफूलको मूल्य बढेको देखाएको हो ।आज शुक्रबार अनारको मूल्य प्रतिकिलो थोकमा औसत ७२ रुपैयाँ बढेको छ । आज अनार किलोको ४ सय २ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भने अनार प्रतिकिलो ३ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज केराको मूल्य पनि प्रतिदर्जन १५ रुपैयाँले बढेको छ । हिजो बिहीबार केरा प्रतिदर्जन १ सय ३० रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने प्रतिदर्जन १ सय ४५ रुपैयाँ कायम छ ।

सेयर गर्नुहोस्