चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ भोलिदेखि, भरतपुर र हेटौंडामा हुने

चितवन, कार्तिक २३–

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज चितवन राइनोजले दुई दिन ट्यालेन्ट हन्ट गर्ने भएको छ । यसपटक बागमती प्रदेशको राजधानी हेटौंडालाई समेटेर चितवनले ‘ट्यालेन्ट हन्ट’ गर्न लागेको हो ।पहिलो दिन भोलि (सोमबार) हेटौंडा, भरतपुर र रत्ननगरका विभिभन्न ठाउँमा गरी पहिलो चरणको ट्यालेन्ट हन्ट हुने चितवन राइनोजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पहिलो दिन मकवानपुरमा हेटौंडा स्पोर्टस् एकेडेमी, चितवनमा इस्र्टन क्रिकेट एकेडेमी र भरतपुर क्रिकेट एकेडेमीमा ट्यालेन्ट हन्ट हुनेछ । उक्त छनोट विहान ९ बजेदेखी सुरु हुने चितवन राइनोजले जनाएको छ ।पहिलो दिन भोलि (सोमबार) हेटौंडा, भरतपुर र रत्ननगरका विभिभन्न ठाउँमा गरी पहिलो चरणको ट्यालेन्ट हन्ट हुने चितवन राइनोजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पहिलो दिन मकवानपुरमा हेटौंडा स्पोर्टस् एकेडेमी, चितवनमा इस्र्टन क्रिकेट एकेडेमी र भरतपुर क्रिकेट एकेडेमीमा ट्यालेन्ट हन्ट हुनेछ । उक्त छनोट विहान ९ बजेदेखी सुरु हुने चितवन राइनोजले जनाएको छ ।

सेयर गर्नुहोस्