अखिलको नेतृत्वमा दीपक धामी, उपाध्यक्ष छाडेर महासचिव बनिन् अञ्जना

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियु अध्यक्षको जिम्मेवारी दीपक धामीले पाएका छन् । सोमबार राजधानीमा बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले यसअघि महासचिव रहेका धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यससँगै महासचिवको जिम्मेवारी भने अञ्जना शिवाकोटीले पाएकी छन् । शिवाकोटी यसअघि उपाध्यक्ष थिइन् । बैठकले सुजन कडरियाले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै नयाँ नेतृत्व चयन गरेको अनेरास्ववियुका एक नेताले जानकारी दिए ।

कडरियाले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए । पछिल्लो समय कडरियाले जिम्मेवारीमा फर्किने प्रयास गर्दै आए पनि बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्