एमालेको महाधिवेशन बिथोल्ने नियतले सरकारले नागढुंगा सडक बन्द गरेको भन्दै बस्नेतको आक्रोश

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नागढुंगादेखि पिप्लामोडसम्मको सडक बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

‘एमालेको मंसिर २७–२९ सम्मको महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन प्रतिशोधको राजनीति हो। याद रहोस्, प्रतिशोधको बदला प्रतिशोध नै हुनेछ् ,’नेता बस्नेतले भनेका छन्, ।

उनले भने ‘, मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित छ’।

उनले यो निर्णय तत्काल फिर्ता गरेर पुस पहिलो हप्तादेखि गर्नु सरकार र कुलमान दुबैको हितमा हुने सुझाव दिएका छन्।

सेयर गर्नुहोस्