आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर सुरु भएको छ। भारतमा सुरु भएको ट्रफी टुर एसियाका देशमा हुनेछ।
जसमा भारतसहित श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी-२० विश्वकपको ट्रफी ल्याइनेछ। टुरका दौरान लाखौं फ्यानलाई ट्रफीलाई नजिकबाट हेर्ने अवसर दिइनेछ।
यस्तै टुरमा क्याम्पस भ्रमण, फ्यान भेटघाट, सार्वजनिक सक्रियताहरू र क्रिकेट कार्निभलहरू जस्ता विविध कार्यक्रमहरू समावेश हुनेछन्।







