राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबिच बृहत् एकता भएपछि रास्वपा नेतृ सोबिता गौतमले सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । उनले सभापति रवि लामिछानेलाई ‘निलो क्रान्तिको सर्वोच्च कमान्डर’ भन्दै स्टाटस लेखेकी हसन् ।
यसअघि उनले ‘अबको आशा रास्वपा’ भनेकी थिइन्। सहमतिमा लामिछाने र शाहले हस्ताक्षर गरेका छन्। सहमतिमा नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने तथा घाइते र सहिद परिवारका माग यथोचित सम्बोधन गर्ने उल्लेख छ।







