चितवन क्षेत्र नम्बर–२मा मिना खरेल नै किन ?

चितवन क्षेत्र नम्बर–२ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ । दल तथा उम्मेदवारहरू जनतामाझ आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका बेला नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेल सामाजिक सेवा र महिला अधिकारका सवालमा गरेको योगदानका कारण मतदाताको रोजाइमा पर्न थालेकी छन् ।

खरेल लामो समयदेखि महिलाहरूको हकहित र न्यायका लागि निरन्तर सक्रिय रहँदै आएकी छन् । घरेलु हिंसा, विभेद र अन्यायमा परेका महिलाहरूको उद्धार, कानुनी सहयोग र पुनर्स्थापनाका लागि उनले प्रत्यक्ष रूपमा काम गरेकी छन् । पीडित महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा उनको भूमिका उल्लेखनीय मानिन्छ।

यस्तै, असहाय तथा टुहुरा बालबालिकालाई संरक्षण, पालनपोषण र शिक्षाको अवसर दिलाउँदै सक्षम नागरिक बनाउने काममा पनि उनी समर्पित रहँदै आएकी छन्। धेरैका लागि उनी नेतृभन्दा पनि अभिभावक र भरोसायोग्य सहाराका रूपमा चिनिन्छिन्।

राजनीतिक पदभन्दा बढी सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएकी खरेलले आफ्नो जीवन नै सेवा र समर्पणमा खर्चिएकी छन्। शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र रोजगारीलाई मुख्य एजेन्डा बनाएर उनी अहिले मतदातामाझ पुगेकी छन्।

कांग्रेसको महासमिति सदस्यसमेत रहेकी खरेल संगठन निर्माण र जनसम्पर्कमा उत्तिकै सक्रिय छिन्। स्थानीय समस्या र विकासका आवश्यकता नजिकबाट बुझेकी उनको अनुभवले उनलाई व्यवहारिक र जनमुखी उम्मेदवारका रूपमा स्थापित गरेको छ ।

स्थानीय बासिन्दाहरू भन्छन्, “मीना कुमारी खरेल नेतृ मात्र होइनन्, संकटमा साथ दिने संरक्षक हुन्।” यही विश्वास र जनसमर्थनका कारण चितवन क्षेत्र नम्बर–२ मा उनको उम्मेदवारी दिनप्रतिदिन थप सशक्त बन्दै गैरहेको छ ।

चितवन क्षेत्र नम्बर–२ का विभिन्न स्थानहरूमा भइरहेका क्रियाशील भेला तथा मतदाता भेटघाट कार्यक्रमहरूमा उल्लेख्य जनसहभागिता देखिएको छ। मतदाताहरूले खरेललाई आगामी निर्वाचनमा सफलताको शुभकामना दिँदै, विगत ३५ वर्षदेखि यस क्षेत्रका लागि पुर्‍याएको योगदानको कदर गर्दै जितको विश्वास व्यक्त गरेका छन् ।

आगामी निर्वाचनले जनताको रोजाइ स्पष्ट पार्नेछ, तर सामाजिक सेवा, महिला अधिकार र मानवीय संवेदनशीलताले खरेललाई फरक पहिचानसहित सक्षम र भरोसायोग्य विकल्पका रूपमा उभ्याएको छ।

सेयर गर्नुहोस्