चितवन – चितवन क्षेत्र नम्बर २ मा मिना खरेलको घरदैलो अभियानमा उल्लेखनीय जनसहभागिता देखिएको छ। आज भरतपुरको वडा नम्बर ३ र ४ मा आयोजित घरदैलो कार्यक्रममा नेता, कार्यकर्ता, लगाएत विभिन्न टोल–बस्तीमा स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति देखिएको हो। घरदैलोका क्रममा ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूले खरेललाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। बिहानैदेखि सुरु भएको अभियानमा कार्यकर्ता तथा स्थानीयबासी खरेलसंगसगै हिडेका थिए।
खरेलले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना प्रतिबद्धता र योजनाबारे जानकारी गराएकी थिइन् । उनले आफु चितवनको छोरी भएको र हिजोको दिनमा जस्तै भोलिका दिनमा पनि इमान्दारिता, निष्ठाका साथ जनताको हुलाकी बनेर काम गर्ने बताईन। उनि भन्छिन, मा राजनीतिक दलको दलिय उम्मेदवार भएपनि ४० वर्षदेखि निरन्तर यहि क्षेत्रमा काम गरेको छु त्यसैले मा सबैको चितवनबासीको छोरी हु। चितवनको मात्रै नभएर देशैभरका विपन्न, जेष्ठ नागरिक, महिला, बालबालिकाको सवालमा क्रियाशिल भएर काम गर्नका निम्ति चुनाबी मैदानमा उत्रिएको बताईन्। यस्तै विकास र समृद्धिका निम्ति कहिँ कतै नचुकि, कतै प्रभावित नभई कानुन निर्माण गर्ने र न्यायोचित र समायोचित विकासका लागि निष्ठवान सदस्य भएर काम गर्ने बताइन्। खरेलले भनिन्, “चितवन २ का जनताको माया, विश्वास र साथले मलाई थप जिम्मेवार बनाएको छ। यहाहरुको माया र साथले अहिले नै चुनाव जितेको महसुस भएको छ। ।
यहाँको विकास र समृद्धिका लागि म पूर्ण प्रतिबद्ध छु।” उनले जनतासँगको प्रत्यक्ष संवादबाट प्राप्त सुझावलाई आफ्नो भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरिन्। अभियानमा देखिएको उत्साहले चितवन २ मा चुनावी माहोल थप तातेको छ भने काग्रेसमा एकखालको उत्साह देखिएको छ। मिना खरेलको घरदैलो अभियान आगामी दिनहरूमा पनि विभिन्न वडाहरूमा निरन्तर सञ्चालन हुने जनाइएको छ। खरेलले यस भन्दा अघि चितवन क्षेत्र २ अन्तर्गतका विभिन्न वडाहरूमा घरदैलो अभियान सम्पन्न गरिसकेकी छन्






