काठमाडौँ — गण्डकी प्रदेशको पोखराबाट लुम्बिनीको गुल्मी र कर्णाली प्रदेश डोल्पाको चुनावी सभामा सहभागी भएर उपसभापति शर्मा शनिबार सुदुरपश्चिम प्रदेश पुगे । अछामको दुवै क्षेत्रमा अलगअलग आयोजित साँफे बगर र कमल बजारको चुनावी सभाहरुमा सहभागी भए ।
कार्यक्रममा बोल्दै शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको र गगन थापा नयाँ सभापति बनेको यथार्थ सुदुरपश्चिमले आत्मसात गरेर नवीन ऊर्जा विकास गर्ने विश्वास प्रकट गरे ।
देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ बताउँदै पार्टीका उम्मेदवार र रुख चिन्हलाई विजयी गराउन वर्तमान र निवर्तमान दुवै नेतृत्वको उत्तिकै दायित्व रहेको स्मरण गराए ।
सुदुरपश्चिमकै माटोबाट उदाएर रास्ट्रको नेतृत्व गरिसक्नु भएका नेताको यो क्षेत्रले फागुन २१ को चुनावबाट तुलनात्मक रुपले अरु प्रदेशमा भन्दा बढी राम्रो परिणाम दिएर इतिहास कायम गर्नुपर्ने आह्वान समेत गरे ।






