जाजरकोटमा हारे शक्ति बस्नेत, कांग्रेसका खडकबहादुर निर्वाचित

२३ फागुन, काठमाडौं । जाजरकोटबाट नेपाली कांग्रेसका खडक बहादुर बुढा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले हराए ।

निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार बुढाले २० हजार १४२ मत पाएर विजयी हुँदा बस्नेतले १७ हजार ४०७ मत पाएका छन् ।

यसैगरी नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघब कार्कीले २ हजार ४७१ म्त पाए ।
सेयर गर्नुहोस्