धनुषामा नालीमा भेटियो पुरुषको शव

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरस्थित एक नालीमा अन्दाजी ७० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयवासीले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको नेपाल प्रहरी को टोलीले शवलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाएको हो।प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। शव फेला परेको स्थान र अवस्थालाई ध्यानमा राख्दै घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको जनाइएको छ। प्रारम्भिक रूपमा मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्टपछि मात्रै यकिन जानकारी आउने प्रहरीले बताएको छ।

यस घटनापछि स्थानीय क्षेत्रमा केही समय त्रास र जिज्ञासा देखिएको छ। प्रहरीले मृतकको पहिचानका लागि आसपासका क्षेत्रका बासिन्दासँग सोधपुछ गर्नुका साथै हराएका व्यक्तिहरूको विवरणसँग मिलान गर्ने काम गरिरहेको छ। साथै, घटनासम्बन्धी थप तथ्यहरू पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ।

सेयर गर्नुहोस्