जीतपुरमा सडक दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

बारा, कार्तिक १ गते ।

सडक दुर्घटना न्युनिकरणका लागि बाराको जीतपुरमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सडक सुरक्षा जिवन रक्षा भन्ने मुल नाराका साथ ब्रहमाकुमारी यातायात प्रभाग नेपालले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा उक्त सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो ।

ब्रहमाकुमारी यातायात प्रभाग नेपाल एंव युवा प्रभाग नेपालको आयोजना र ब्रहमाकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको समन्वयमा जीतपुरको दुर्गा पुजा पण्डालमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र विरगञ्जकी रबिना दिदिको अध्यक्षतामा सम्पन्न भएको सनेतना मुलक कार्यक्रमको प्रमुख अथिति मधेस प्रदेशको प्रदेशसभा सदस्य देवनारायण चौधरी रहनुभएको थियो ।

ब्रहमाकुमारी राजयोगले देशभर दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रममा दुर्घटनाको किसिम, ट्राफिक व्यवस्थापन, दुर्घटनाको न्युनिकरणका उपायहरु सम्बन्धि प्रशिक्षण समेत दिइएको थियो । वरिष्ठ राजयोग प्रशिक्षक ब्रहमाकुमार गुणराज भाईले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति प्रदेशसभा सदस्य चौधरीले तिब्र गतिका कारण र खाल्डाखुल्डि सडकको कारण मात्र दुर्घटना नभई मानसिक तनावको कारण पनि दुर्घटना हुने गरेको बताएका थिए । साथै उँहाले उक्त सचेतना मुलक कार्यक्रम निकै सर्हानिय रहेको बताउनु भयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्यहरु, ट्राफिल प्रहरी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्