चितवनमा लागुऔषध सहित एक जना पक्राऊ

चितवन: चितवनमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुरका २६ बर्षिय सोनु महतो पक्राऊ परेका हुन् ।

उनको साथबाट प्रतिवन्धित आगूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ चार दमलव ८७ ग्राम र एक सय ७२ ग्राम गाँजा र निटरभेन्ट २४ ट्यावलेट बरामद भएको चितवन प्रहरीले जानकारी दिएको छ । महत्तोलाई विशेष सूचनाका आधारमा चितवनबाट खटिएको टोलिले बुधबार साँझ पक्राऊ गरेको हो ।

उनका साथमा रहेको पाँच हजार तीन सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । सोनु महतो माथि थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्