बेवारिसे सवारीको हकदाबी गर्न प्रहरीद्वारा सूचना जारी

भरतपुर । बेवारिसे सवारीसाधनको व्यवस्थापन गर्नको लागि जिल्ला प्रहरी कार्यालय चितवनले हकदावी गर्न सार्वजनिक सूचना जारी गरेको छ । गत माघ २९ गते १५ दिने सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार हाललाई ४७७ वटा दुई पाङ्ग्रे र ९ वटा चार पाङ्ग्रे सवारी साधनको लागि हकदावी गर्न सूचना निकालिएको हो । त्यसबाहेक पनि मुद्धा मामिलामा परेका सवारीसाधनको सङ्ख्या दोब्बरभन्दा बढी रहेको उनले बताए । वर्षौँदेखि प्रहरीमा बसेका सवारी साधनलाई व्यवस्थापन गर्नको लागि प्रहरी प्रधान कार्यालयकै निर्देशनानुसार हकदावीको लागि सूचना जारी गरिएको उनले बताए ।

सवारी साधनको नम्बर प्लेट, इञ्जिन र च्यासिस नम्बरसहित सम्पर्कमा आउन सार्वजनिकरूपमै सूचना जारी गरिएको उनले बताए ।

सेयर गर्नुहोस्