भरतपुर भ्रमण वर्षको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

चितवन: भरतपुर भ्रमण वर्ष २०२४ को आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटन गर्दै छन् । नारायणी नदी किनारमा आज दिउँसो १ बजे भ्रमण वर्षको उद्घाटन गरिँदै छ ।

भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हिजो (बिहीवार) नै चितवन आइपुगेका छन् । उद्घाटन अघि पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरी विभिन्न स्थानबाट विविध झाँकीसहितको ¥याली निकाल्ने तयारी छ ।

भरतपुर महानगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा भ्रमण वर्ष मनाउन लागिएको हो ।

‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षको तामझामका साथमा उद्घाटन गरिँदै छ । उद्घाटन कार्यक्रममा सहभागी हुन विशिष्ट व्यक्तिहरु आउने क्रम जारी छ ।

भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्राउने महानगरको लक्ष्य छ । भरतपुर घुम्नका लागि २१ भन्दा बढी पर्यटकिय गन्तव्य तयार भएका छन् ।

सेयर गर्नुहोस्