बसले कृष्णपुरको माछापुछ्रे चोकमा बालकलाई ठक्कर दिदा बालकको घट्ना स्थलमै मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ मा हिजो बेलुका भरतपुरबाट माडीतर्फ जादै गरेको ना ४ ख ५८१५ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो

बसको ठक्करबाट वाल्मिकि शिक्षा सदनमा कक्षा केजिमा पढ्ने ६ वर्षिय बालक आयुष पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए । ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

सेयर गर्नुहोस्